माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खुमलटारमा
आइतबार, १३ चैत २०७८, १० : ४८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।
सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधा कुरा प्रकरण : वैशाख २३ मा अडियोको स्रोत तिमिल्सनाको बयान
-
छात्रामाथि गोली प्रहार भएको पुष्टि, युवकविरुद्ध दिएकी थिइन् उजुरी
-
राप्रपा बागमतीको संसदीय दलको उपनेतामा तामाङ
-
आगोले वन र बस्ती सखाप पार्दै, सिंहदरबारमा ‘गफको खेती’मात्रै
-
विशेषज्ञबाट भीमाको पोष्ट मार्टम गर्न अदालतको आदेश
-
प्रदेशको प्रशासनिक भवन निर्माणको काम छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री जम्कट्टेल