माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खुमलटारमा
आइतबार, १३ चैत २०७८, १० : ४८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।
सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गर्ने विषयमा कुराकानी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण