सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु
आइतबार, १३ चैत २०७८, ११ : २५
ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् ।
गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण