अनाथ बालबालिकालाई गायिकाको सहयोग
पछिल्लो समय कलाकार आफ्नो जन्मदिन भोज भतेर गरेर भन्दा पनि समाजसेवा गर्दै अनाथ बालबालिकासँग मनाउन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका भुमिका गिरीले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग बनाएकी हुन् । गिरीले शनिबार परेको आफ्नो जन्मदिन काठमाडौंंको मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापी कलम बाँड्दै मनाएकी हुन् ।
पछिल्लो ५ वर्षयता आफ्नो जन्मदिन यसैगरि मनाउने गरेकी गायिका स्नेहा आश्रम पुग्दा त्यहाँका बालबालिकाले खुसी देखिन्थे । गिरीको पछिल्लो समय लोक गीत ‘चोली मैलो भो’ चर्चामा छ । यस अगाडि उनका ‘तारा सङै जुन’ लगायतका थुप्रै गीतहरुले चर्चा पाएका थिए ।
अनावश्यक खर्च गर्ने रकमले बुबाआमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भए पनी राहत मिलोस् भन्ने भावनाले सहयोग गरेको गायिका गिरीले बताइन् ।स्नेहा आश्रम कलाकार सुलेमान शंकर ‘इकु’ले संचालनमा ल्याएका हुन् । जसमा १४ जना अनाथ बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण