भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु
भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो ।
प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको बताए ।
हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने उनले बताए । उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए ।
आयोजना प्रमुख चन्द्रकुमार श्रेष्ठले एक एमएलडी क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराए । उनले अनुमानघाटस्थित पुरानो फोहर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गरे ।
प्रशोधन केन्द्रको काम इमान्दारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै उनले आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरिवेक्षण हुन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण