कुन प्रदेश, जिल्ला र स्थानीय तहमा कति छन् मतदाता ? (विवरणसहित)

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडा अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेका छन् ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदुर पश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेका छन् । आयोगले १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।
हेर्नुहोस आयोगले प्रकाशन गरेको मतदाताबारे विस्तृत विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा १० डीआईजी पद रिक्त, ३ टोलीबिच प्रतिस्पर्धा
-
सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै
-
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
-
प्रेमिकाको गम्भीर आरोपपछि फ्रान्सका चर्चित पूर्व फुटबलरमाथि प्रहरीले थाल्यो अनुसन्धान
-
नेप्से परिसूचक र कारोबार दुबैमा गिरावट
-
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामा विशेषले मगायो थप प्रमाण