क्यानडा विश्वकपमा छनोट
क्यानडा फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । आइतबार राति भएको खेलमा जमैकामाथि ४–० गोलको सहज जित निकाल्दै क्यानडाले विश्वकपमा स्थान पक्का गरेको हो । क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो ।
विएमओ फिल्ड क्यानडामा घरेलु टोलीको जितका लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको १३औं मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । टाजोनले ४४औं मिनेटमा गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे ।
८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दा क्यानडाले ३–० गोलको अग्रता बनायो । ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० गोलको जित निकाल्न सफल भयो । यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण