रुसविरोधी कार्यक्रम त्याग्न बाध्य पार्ने पुटिनको रणनीति, रुबलमा ग्यासको भुक्तानी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा गरेको घोषणा रुबलमा ग्यासको भुक्तानीले युरोपेली संघलाई उनीहरुको रुसविरोधी कार्यक्रम त्याग्न बाध्य बनाउने देखिएको छ । यदि उनीहरुले ग्यासको आपूर्ति भइराखोस् भन्ने चाहन्छन् भने यस किसिमको अवस्था आउने आर्थिक विज्ञहरुलाई उद्धृत गर्दै जर्मनीका देर स्पाइजलले लेखेको छ ।
डसेलफोर्ड अर्थशास्त्री जेन्स सुडेकुमका अनुसार ग्यास आपूर्तिको भुक्तानी गर्न युरोपले रुसको केन्द्रीय बैंकबाट रुबल किन्नुपर्नेछ । जसलाई यस महिनाको सुरुमा ईयूको प्रतिबन्धहरुको सूचीमा राखिएको थियो । यस नीतिले रुसी वित्तीय नियामक र ईयूबीच कुनै पनि वित्तीय लेनदेन निषेध गर्छ ।
‘पुटिनले अप्रत्यक्ष रुपमा हाम्रो आफ्नै प्रतिबन्धलाई पन्छाउन खोजिरहेका छन्,’ सुडेकुमले बताए । अर्का विज्ञ क्लाउज जर्गेन गर्नले ईयूका लागि रुसी ग्यासको महत्वका कारण यो प्रस्तावित नीतिले पश्चिमा विश्वका लागि व्यापक दबाव पर्ने देखिएको छ । उनीहरुको प्रतिबन्ध रोक्नका लागि प्रभावकारी हुनेछ ।
यदि यो परिवर्तन पारित भएमा यसले रुसको राष्ट्रिय मुद्रालाई बलियो बनाउने मुद्रा विशेषज्ञ बोफिन्जरले बताएका छन् । ‘यदि पश्चिमा ग्यास उपभोक्ताहरुले डलर र युरोबाट रुबल किन्नु पर्ने अवस्था आएमा रुबलको विनिमयदर पनि बलियो हुन्छ,’ उनले बताए ।
हाल पनि कार्यान्वयनकै अवस्थामा रहेको ग्यास भुक्तानीका लागि रुबलमा जानुपर्ने भएमा परिवर्तनको घोषणाले मात्रै पनि रुसको आयातकर्ताहरुलाई गम्भीर रुपमा अलमलमा पार्न सक्ने छ र रुबल यो साता ३ साताकै उच्च विन्दुमा पुग्ने छ । सर्वाधिक खराब अवस्थामा रुसले आफ्नो ग्यासका पाइपहरू रोक्न सक्छ । यसको विकल्प तत्कालै प्राप्त हुन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण