विप्लव नेतृत्वको नेकपाको बैठक आज सक्ने तयारी, चुनावबारे ‘दोधारे’ नीति
चैत ४ देखि कपिलवस्तुमा जारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक सोमबार सक्ने तयारी भएको छ । बैठकमा उठेका विषयहरूबारे महासचिव विप्लवले जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको हो ।
आज दिनभर जनवर्गीय संगठन र पार्टीको ‘ग्राउण्ड रियालिटी’ का विषयमा समीक्षा भएपछि बैठकमा उठेका विषयमा विप्लवले जवाफ दिनेछन् । यस्तै विप्लवले चुनावमा भाग लिनेगरी राजनीतिक प्रतिवेदन पेस गरेकामा आइतबार नै त्यसलाई परिमार्जन गरिएको छ । जसअनुसार चुनावको सन्दर्भमा विप्लवको पार्टीले दोधारे नीति लिएको छ । अर्थात पार्टी औपचारिक रुपमा चुनावमा सहभागी नहुने तर समान विचार धारा भएकाहरु उम्मेदवार भएको खण्डमा सहयोग गर्नेगरी नीति लिएको छ ।
हिंसात्मक गतिविधिमा रहेका विप्लवलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए । त्यही पार्टीमा जारी केन्द्रीय समिति बैठकमा चुनाव उपयोग गर्ने कि नगर्ने भन्नेमा दुई धार देखियो । बहुमत केन्द्रीय सदस्यहरु चुनावमा सहभागी नहुने लाइनमा उभिएपछि महासचिव अप्ठ्यारोमा परेका थिए । त्यसका लागि उनले बैठक लम्ब्याउँदै केन्द्रीय सदस्यहरु फकाउने प्रयास समेत गरेका थिए ।
तर, अन्तिममा महासचिव विप्लवले प्रस्तुत गरेको दस्तावेज परिमार्जनसहित पास गरिएको छ । जसमा निर्वाचन आयोगमा पार्टी दर्ता नगर्ने तथा चुनावमा नजाने निर्णय भएको छ । तर स्वतन्त्र रुपमा नेताहरुले उम्मेदवारी दिनको पाउने गरी निर्णय भएको छ । यस्तै प्रगतिशिल, राष्ट्रवादी शक्ति र देश भक्तहरु उम्मेदवारलाई चुनावमा सहयोग गर्ने विप्लवको पार्टीको नीति छ ।
नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । यस्तै बैठकमा ४ जना सल्लाहकार पनि उपस्थित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण