शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दियामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, १४ चैत २०७८, १२ : ४६
सोमबार, १४ चैत २०७८

बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ । 

लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो । मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप