मन्त्रालयले खर्च गरेनन्, अपजस मैले पाएँ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मन्त्रालयहरूले खर्च नगरेपनि अपजस भने आफूले पाएको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औं बैठकमा शर्माले विकासे मन्त्रालयबाटै खर्च नभएको, तर अपजस आफूले भोगेको बताएका हुन् ।
‘अर्थमन्त्रीकै कारण पूँजीगत खर्च नभएको झैं गरिएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘खर्च विकासे मन्त्रालयले नगरेको हुन् ।’ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको हो ।
बैठकमा सहभागी प्रदेश मुख्यमन्त्रीहरूले साझा अधिकारबारे कानून नबन्दा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न मुस्किल भएको बताएका थिए । बैठक अध्यक्षता गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई सजिलै सेवा प्रवाह गर्नेगरी संघीयता सबल बनाउन सरकार प्रतिवद्ध रहेको दाबी गरे । उनले प्रदेशका मुख्यमन्त्रीहरूलाई संघीय मन्त्रालयहरूका कुरा सुनिदिन आग्रह गर्दै तत्कालै राष्ट्रिय समन्वय परिषद् बैठक बोलाउने बताए ।
कर्मचारी व्यवस्थापनमा समस्या परेको भन्दै मुख्यमन्त्रीहरूले अध्यादेशबाटै भएपनि संघीय निजामती ऐन जारी गरिहाल्न थप आग्रह गरेका छन् । ऐन नहुँदा प्रदेश लोकसेवाले प्रभावकारी काम गर्न नसकेको उनीहरूले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण