‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई
‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन् ।
पुरस्कारको राशि जनही एक लाख रहेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौंमा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार–२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार–२०७५’ डा रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ संस्कृति विज्ञ भरतराज पौडेललाई प्रदान गरेको हो ।
त्यसैगरी ‘खड्कबहादुर प्रतिभा पुरस्कार–२०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार–२०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार छ । सोही अवसरमा पूर्वप्रम चन्दले मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक सङ्कट बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । साहित्यलाई जीवित राख्नका लागि आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने उनको भनाइ छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्य तथा विभिन्न क्षेत्रमा व्यक्तिलाई सम्मान गरेर नेपाली साहित्यको क्षेत्रमा उत्प्रेरणा जगाउने काम गरेको बताए । पूर्वमन्त्री बाँस्कोटाले नेपाली साहित्यलाई जीवन्त राख्ने गरी सरकारले शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक (यात्रा संस्मरण) सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण