माओवादीकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त भयोः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए ।
नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए ।
उनले उर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे ।
सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडी बढिरहेको समेत बताए । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउँदै उनले सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने बताए ।
कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूसालले माओवादी पार्टीको निर्देशनमा २६ हजार न्यून बिद्युत खपत गर्ने उपभोक्तालाई सरकारले निशुल्क बिजुली उपलब्ध गराएको बताइन् ।
उनले पेट्रोलियम पदार्थको खपत घटाई विद्युतीय सामाग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको बताइन् ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुले ५० बर्षे कार्ययोजना बनाई काम अगाडि बढाइएको बताउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण