वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलिया फाइनलमा
बुधबार, १६ चैत २०७८, १९ : ०४
अस्ट्रेलिया महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । वेलिङटनमा खेलिएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई १५७ रनको विशाल अन्तरले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।
४५ ओभरमा छोट्याइएको खेलमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार गरेको थियो । एलिसा हेलीले १ सय २९ रन बनाउँदै पहिलो विकेटका लागि रेचल हेन्ससँग २ सय १६ रनको साझेदारी गरिन् । हेन्सले ८५ रन बनाइन् ।
जवाफमा वेस्ट इन्डिजले ३७ ओभरमा १४८ रन मात्र बनाउन सक्यो । अब अस्ट्रेलियाले इंग्ल्याण्ड वा दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल खेल्नेछ । दुई टोलीबीच बिहीबार खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण