बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

बुधबार, १६ चैत २०७८, १९ : ०४
बुधबार, १६ चैत २०७८

अस्ट्रेलिया महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । वेलिङटनमा खेलिएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई १५७ रनको विशाल अन्तरले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

४५ ओभरमा छोट्याइएको खेलमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार गरेको थियो । एलिसा हेलीले १ सय २९ रन बनाउँदै पहिलो विकेटका लागि रेचल हेन्ससँग २ सय १६ रनको साझेदारी गरिन् । हेन्सले ८५ रन बनाइन् ।  

 जवाफमा वेस्ट इन्डिजले ३७ ओभरमा १४८ रन मात्र बनाउन सक्यो । अब अस्ट्रेलियाले इंग्ल्याण्ड वा दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल खेल्नेछ । दुई टोलीबीच बिहीबार खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप