चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
बिहीबार, १७ चैत २०७८, १० : ३५
गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।
कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई प्रजिअको जिम्मेवारी दिइएको छ । बर्दियामा कार्यरत सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । कपिलवस्तुमा कार्यरत चक्रपाणि पाण्डे र प्युठानमा कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्घाखाँचीमा हरि प्रसाद घिमिरे कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण