एकसय रुपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार, १७ चैत २०७८, १० : ४७
अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
उस्तै आज तेजाबी सुनको मूल्य समेत एकसय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण