एकसय रुपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार, १७ चैत २०७८, १० : ४७

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
उस्तै आज तेजाबी सुनको मूल्य समेत एकसय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म
-
नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर