लोसपाको बैठक : सरकारको विषयमा प्रश्न
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ ।
यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुनाले यो बैठकबाट संगठनको काम सकाएर जिम्मेवारीसहित पार्टीलाई चुनावमा होमिनुपर्ने सुझावहरु आएको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।
सरकारमा जाने विषय बाहिर आएकाले वास्तविकता नेतृत्व पंक्तिले बताउनुपर्ने धारणा नेताहरुले राखेका थिए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिले सञ्चारमाध्यममा मात्र चर्चा भएको सो क्रममा बताएका थिए ।
मधेशको मुद्दा र एजेण्डाको विषय स्पष्ट नगरेसम्म सरकारमा सहभागी हुने कुरा नहुने कुरा उनले बैठकमा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण