पपुवा न्युगिनीलाई यसरी हरायो नेपालले,तस्बिरमा हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
त्यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए ।

त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए ।
यसै ओभरमा मोरेआले करण केसी र दिलीप नाथलाई क्याच आउट गराएका थिए । नेपालले सातौं ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई पीएनजीका रिले हेकुरेले १७ रनमा क्याच आउट गराए ।
नेपाले दसौँ ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । नेपालका आसिफ शेखलाई नोरमान भानुवाले ३८ रनमा क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्याललाई रिले हेकुरेले ४१ रनमा क्याच आउट गराए ।

आजको खेलमा नेपाली टोलीमा आदिल आलमले डेब्यू गरेका छन् । उनी कुशल मल्लको स्थानमा आएका हुन् । आजको खेलमा जित निकाल्दै नेपाललाई एक खेल अगावै फाइनलमा स्थान बनाउने मौका छ । सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेर फाइनलमा स्थान बनायो । दोस्रो स्थानमा रहेको मलेसियाको २ अंक छ । पीएनजी अंक बिहिन छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण