बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

शुक्रबार, १८ चैत २०७८, १३ : ५१
शुक्रबार, १८ चैत २०७८

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।

एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो । 

एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप