क्लासिक टेकको रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावकारी
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रिकालिन ‘फिल्ड सपोर्ट सेवा’ थप प्रभावकारी बनाएको जानकारी दिएको छ । यो सेवा कम्पनीले ६ महिनायता देशका अधिकांश शहरमा परीक्षण गरिरहेको छ ।
ग्राहकले चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा पाउन कम्प्लेन टिकट दर्ता भएपछि ग्राहकको अनुमतिमा राति १० बजे सम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै विस्तार गरिने जनाएको छ । ग्राहकहरूलाई चौबिसै घण्टा सुविधा दिन यो सेवा शुरू गरिएको कम्पनीको दाबी छ ।
ग्राहक सेवालाई प्राथमिकता दिँदै आइरहेको जनाएको क्लासिक टेकले अब ग्राहकको गुनासो दर्ता भएको २ कार्य घण्टाभित्र ‘सपोर्ट’ दिन सकिने पनि उल्लेख गरेको छ । समयभित्रै सपोर्ट दिन नसकेमा टाइम ब्याक कम्पेन्सेसन नै दिइएको कम्पनीको भनाइ छ ।
क्लासिक टेकले नेपालमा सन् २००९ देखि इन्टरनेट सेवा दिन थालेको थियो । यो कम्पनीले हालसम्म ७४ जिल्लामा १०३ वटा आउटलेटबाट सेवा सञ्चालन गरिरहेको छ । देशमा इन्टरनेट प्रयोगकर्ता बढिरहँदा कम मूल्यमा उत्कृष्ट सेवा दिँदै आएको सो कम्पनीको दाबी छ ।
सो कम्पनीले हालै रात्रिकालिन फिल्ड सपोर्ट सेवालाई प्राथमिकता दिन ८०० जना थप कर्मचारी माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण