रसेलको आक्रमक अर्धशतकमा कोलकाताको दोस्रो जित
आन्द्रे रसेलको आक्रमक अर्ध शतकको सहयोगमा कोलकाता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा पन्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान श्रेयस यैरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रन बनायो । पन्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान गरे ।
कोलकाताका लागि उमेस यादवले ४ विकेट लिए । त्यस्तै टिम साउथीले दुई विकेट लिँदा शिभम माबी, सुनिल नारायण र आन्द्र रसेलले एक–एक विकेट लिए ।
जितसँगै कोलकाताले ३ खेलबाट ४ अंक जोडेको छ । पराजित पन्जाबको २ खेलबाट २ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण