राष्ट्रिय खुला हाफ म्याराथनमा दीपक र पुष्पा प्रथम
नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा दीपकले कास्य तथा पुष्पाले रजत जितेका थिए ।
दीपकले निर्धारित दूरी तय गर्न १ घण्टा ५ मिनेट ३४ सेकेन्ड समय खर्चे । बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोश्रो तथा आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेश्रो भए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा पुष्पाले दौड सकाउन १ घण्टा २१ मिनेट ५० सेकेन्ड समय निकालिन् । एपीएफकै विन्द्रा धन्के श्रेष्ठ (१ घण्टा २७ मिनेट ४४ सेकेन्ड) दोश्रो तथा नेपाल प्रहरी क्लबकी रेखा विष्ट (१ घण्टा ४१ मिनेट १८ सेकेन्ड) तेश्रो बने ।
पुरुष÷महिला दुवैमा शीर्ष स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजारका दरले नगद पुरस्कार हात पारे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै आएर टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण