निफमा बहस : राम्रो अभिनय के हो ?
अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।
५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।
‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ विपिनले भने ।
सो अवसरमा आफ्ना भिन्न फिल्मका भिन्न पात्रको बारेमा चर्चा गर्दै कार्कीले पहिलो क्यारेक्टर दोश्रो क्यारेक्टरमा हाबी हुन सक्ने भन्दै कलाकारको लागि सबैभन्दा ठूलो चुनौती पहिलो पात्रलाई बिर्सने अभिनय गर्ने रहेको बताए ।
त्यस्तै, नाट्यकर्मी सुनिल पोखरेलले कलाकार आफूप्रति इमानदार भएमात्र राम्रो अभिनय निस्कने बताए । फिल्म डाइरेक्टर र थिएटर एक्टरको माध्यम भएको बताएका उनले एक्टरलाई बाँधेर राम्रो अभिनय निस्कन नसक्ने सुनाए । पोखरेलले कलाकारले जमिनलाई बिर्सेको प्रसंगमा भने सटिक जवाफ फर्काए ‘जसले भुईँ छोड्छ, त्यो हराउँछ ।’
नाटकमा भन्दा फिल्ममा क्यारेक्टराइजेशन कमजोर हुने कलाकार सरिता गिरीले बताइन् । उनले नाटकको महिनौ रिहर्सलले अभिनय र क्यारेटराइजेशन बलियो हुने धारणा अगाडि सारिन् ।
‘थिएटर र फिल्म फरक माध्यम हो’ गिरीले थपिन्, ‘थिएटर कलाकारले लाउड अभिनय गर्छन् ।’ ‘पात्रलाई कसरी एडप्ट गर्ने भन्ने प्रसंगमा कलाकार गिरीले कुनै पात्रलाई डिटेलमा बुझ्ने, उसको इनर थट के हो ? टेक्स सब टेक्समा मनन गर्ने जसले गर्दा अभिनय जीवन्त हुन्छ’ गिरीले थपिन् । चलचित्र आमाको पात्रलाई बुझ्न रियल घटना र पात्रलाई लामो समयसम्म अध्ययन गरेको सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण