त्रिकोणात्मक सिरिज जित्ने हाम्रो लक्ष्य : कप्तान सन्दीप लामिछाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेल खेल्दैछ । सोमबार हुने फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई प्रतिस्पर्धी पाएको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताए ।
सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले बताए ।
‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्त्वपूर्ण छ । म कप्तानभन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौँ,’ सन्दीपले भने ।
सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताएका छन् । उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने बताए ।

‘भोलिको खेल सबैको लागि महत्वपूर्ण छ । हामीलाई केही दबाब छैन् । हामी सबै खेलाडी आफ्नो तर्फबाट दिनै सबै मेहनत दिनेछौं । हामीले सिरिज जित्नका लागि सकेसम्म राम्रो टोली मैदानमा प्रस्तुत गर्नेछौं,’ सन्दीपले भने ।
सन्दीपले सिरिजका चार खेलमा सहज जित निकालेका कारण फाइनलमा मनोबल उच्च रहेको बताए । यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए ।
‘कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौँ । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्त्वपूर्ण छ,’ भालाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण