इजरायलमा विद्युतीय कारको बिक्रीमा पाँच गुणाले वृद्धि

इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।
उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार ९३९ थियो जबकि सन् २०२० को अन्त्यमा यो सङ्ख्या दुई हजार ७८३ थियो ।
गत वर्षको अन्त्यमा ट्रक, बस र मोटरसाइकलसहित इजरायलमा कुल विद्युतीय सवारी साधनको सङ्ख्या १६ हजार २५१ थियो । यो वार्षिक वृद्धि दर सन् २०२० को अन्त्यमा अघिल्लो बर्षको तुलनामा चार हजार ४९१ अर्थात् ३६२ देखिएको थियो ।
इजरायलमा ‘हाइब्रिड’ गाडीको सङ्ख्या ३४ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । सन् २०२० को अन्त्यमा हाइब्रिड गाडीको सङ्ख्या २२ हजार ६६६ बाट २९ हजार ६४४ पुगेको थियो ।
सन् २०२० मा छ प्रतिशत गाडीले आफूलाई परिमार्जन गरी विद्युतीय स्वरूपमा परिवर्तन गरेका थिए जुन सङ्ख्या सन् २०२१ मा राज्यको सबै खालका सवारी साधनमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ
-
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
-
देशको राजनीति पश्चगामी, यथास्थितिवादी र अग्रगामी ध्रुवमा विभाजित हुँदै छ : उपेन्द्र यादव
-
जस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल
-
भारत र पाकिस्तानबिच बढ्दो तनावले सेयर बजारमा गिरावट