इजरायलमा विद्युतीय कारको बिक्रीमा पाँच गुणाले वृद्धि
इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।
उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार ९३९ थियो जबकि सन् २०२० को अन्त्यमा यो सङ्ख्या दुई हजार ७८३ थियो ।
गत वर्षको अन्त्यमा ट्रक, बस र मोटरसाइकलसहित इजरायलमा कुल विद्युतीय सवारी साधनको सङ्ख्या १६ हजार २५१ थियो । यो वार्षिक वृद्धि दर सन् २०२० को अन्त्यमा अघिल्लो बर्षको तुलनामा चार हजार ४९१ अर्थात् ३६२ देखिएको थियो ।
इजरायलमा ‘हाइब्रिड’ गाडीको सङ्ख्या ३४ प्रतिशतले वृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ । सन् २०२० को अन्त्यमा हाइब्रिड गाडीको सङ्ख्या २२ हजार ६६६ बाट २९ हजार ६४४ पुगेको थियो ।
सन् २०२० मा छ प्रतिशत गाडीले आफूलाई परिमार्जन गरी विद्युतीय स्वरूपमा परिवर्तन गरेका थिए जुन सङ्ख्या सन् २०२१ मा राज्यको सबै खालका सवारी साधनमा ७.८ प्रतिशतले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण