सत्ताको फोहोरी खेलमा अलमलियौँ, अब सच्चिन्छौँ : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् । सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतमा जनमुखी र संगठनमुखी हुन नसकेको बताएका हुन् ।
उनले सत्ता केन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठुला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए । भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाले चिन्ता व्यक्त गरे । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा संवर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे । अध्यक्ष थापाले सुनकोसी मरिन डाइभर्सनले असर गरेकाहरूको उचित क्षतिपूर्ति पाउनु पर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण