बैंककमा टायर पड्किएपछि नेपाल एयरलाइन्सले बनायो छानबिन समिति
बिहीबार, २४ चैत २०७८, २१ : ००
नेपाल वायुसेवा निगमको (RA-402) बैंकक–काठमाडौं नियमित उडानमा रहेको न्यारोवडी (9N-AKW) विमानको टायरमा समस्या देखिएको विषयलाई लिएर छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन उपसमिति गठन भएको छ । अप्रिल एक तारिखका दिन बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको टायरमा प्राविधिक समस्या देखिएको हो ।
टायरमा समस्या देखिएपछि पाइलटको निर्णयमा विमान रोकेर यात्रु तथा कार्गोलाई ओरालेर विमानको प्राविधिक चेकजाँच भएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । उनका अनुसार उक्त विमानको चारवटै टायर फेरिएको थियो । उनले सो उडानमा रहेका १४१ जनालाई अप्रिल ४ मा काठमाडौं ल्याइसकिएको जानकारी दिएकी छन् । साथै, उक्त विमान निगमको नियमित उडानको रुपमा अप्रिल ६ मा काठमाडौं अवतरण गरिसकेको पनि उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण