आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंककमा टायर पड्किएपछि नेपाल एयरलाइन्सले बनायो छानबिन समिति

बिहीबार, २४ चैत २०७८, २१ : ००
बिहीबार, २४ चैत २०७८

नेपाल वायुसेवा निगमको (RA-402) बैंकक–काठमाडौं नियमित उडानमा रहेको न्यारोवडी (9N-AKW) विमानको टायरमा समस्या देखिएको विषयलाई लिएर छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन उपसमिति गठन भएको छ । अप्रिल एक तारिखका दिन बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको टायरमा प्राविधिक समस्या देखिएको हो । 

टायरमा समस्या देखिएपछि पाइलटको निर्णयमा विमान रोकेर यात्रु तथा कार्गोलाई ओरालेर विमानको प्राविधिक चेकजाँच भएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । उनका अनुसार उक्त विमानको चारवटै टायर फेरिएको थियो । उनले सो उडानमा रहेका १४१ जनालाई अप्रिल ४ मा काठमाडौं ल्याइसकिएको जानकारी दिएकी छन् । साथै, उक्त विमान निगमको नियमित उडानको रुपमा अप्रिल ६ मा काठमाडौं अवतरण गरिसकेको पनि उनले जानकारी दिइन् । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप