कमल थापाले तयार गरे चुनावी घोषणापत्र
बिहीबार, २४ चैत २०७८, १५ : ५४
राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् । स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्न लागेका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन राखिएको छ भने औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गर्ने तय भएको सो पार्टीले जनाएको छ ।
यसअघि बुधबार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले स्थानीय तहको निर्वाचन सम्बन्धी राप्रपा नेपालको घोषणा पत्रको मस्यौदा पारित गरेको थियो ।
राप्रपा नेपालले स्थानीय निर्वाचनमा विभिन्न नगर÷गाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण