जिल्लामा लोसपाको विस्तारित बैठक
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहको चुनावी प्रयोजनका लागि आज सबै जिल्लामा केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा विस्तारित बैठकको आयोजना गरेको छ । बैठकले वडा र पालिकाबाट सम्भावित उम्मेदवारको सूची सिफारिस गर्ने मोडालिटी माथी छलफल गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले बताए ।
चैत्र २८ गतेसम्म सबै जिल्लाले प्रत्येक पालिकाको लागि प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्नु पर्ने उनले बताए । अघिल्लो पटकको चुनावमा लोसपा पार्टी मधेश प्रदेशमा मात्रै चुनावमा भाग लिने अवसर पाएको छर यसपटक देशैभर चुनाव लड्ने बताउँदै उनले गत वर्षभन्दा यसपटक स्थानीय तहमा बढी सीट जित्ने उनले बताए ।
केन्द्रीय पर्यवेक्षक भएर रौतहट पुगेका नेता झाले स्थानीय तहमा केन्द्र स्तरबाट गठबन्धन गर्नुको कुनै तुक नरहेको बताउँदै लोसपाले आवश्यकता र औचित्यको आधारमा चुनाव जित्ने गरि गठबन्धन बनाउने बताए ।
सरकारमा सहभागिताको विषय लोसपाका लागि महत्वपूर्ण नरहेको बताउँदै उनले माग मुद्दा सम्बोधन भए सरकारमा सहभागी हुने बताए । अघिल्लो पटक मधेश प्रदेशमा राजपाबाट २५ प्रमुख र ३१ वटा उपप्रमुख जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण