जिल्लामा लोसपाको विस्तारित बैठक

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहको चुनावी प्रयोजनका लागि आज सबै जिल्लामा केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा विस्तारित बैठकको आयोजना गरेको छ । बैठकले वडा र पालिकाबाट सम्भावित उम्मेदवारको सूची सिफारिस गर्ने मोडालिटी माथी छलफल गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले बताए ।
चैत्र २८ गतेसम्म सबै जिल्लाले प्रत्येक पालिकाको लागि प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्नु पर्ने उनले बताए । अघिल्लो पटकको चुनावमा लोसपा पार्टी मधेश प्रदेशमा मात्रै चुनावमा भाग लिने अवसर पाएको छर यसपटक देशैभर चुनाव लड्ने बताउँदै उनले गत वर्षभन्दा यसपटक स्थानीय तहमा बढी सीट जित्ने उनले बताए ।
केन्द्रीय पर्यवेक्षक भएर रौतहट पुगेका नेता झाले स्थानीय तहमा केन्द्र स्तरबाट गठबन्धन गर्नुको कुनै तुक नरहेको बताउँदै लोसपाले आवश्यकता र औचित्यको आधारमा चुनाव जित्ने गरि गठबन्धन बनाउने बताए ।
सरकारमा सहभागिताको विषय लोसपाका लागि महत्वपूर्ण नरहेको बताउँदै उनले माग मुद्दा सम्बोधन भए सरकारमा सहभागी हुने बताए । अघिल्लो पटक मधेश प्रदेशमा राजपाबाट २५ प्रमुख र ३१ वटा उपप्रमुख जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली
-
मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
-
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
-
विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग
-
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा
-
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन