चुनावमा जान विप्लवको पार्टीका नेताहरु दौडधुपमा
नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु स्थानीय निर्वाचनमा सहभागी हुनका लागि उपायको खोजीमा जुटेका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा दल दर्ता गर्न गत फागुन १५ गतेसम्मको म्याद दिएको थियो। तर तोकिएको समयमा दल दर्ता नगराएको नेकपाका नेताहरु अहिले आएर दल दर्ता गर्न सक्रिय भई लागेका हुन्।
दल दर्ताको प्रक्रिया बुझ्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा बिहीबार निर्वाचन आयोग पुगेका थिए। वैधानिक रुपमा दल दर्ताको प्रक्रियामा कसरी जान सकिन्छ भन्ने विषयमा बुझ्न आयोग पुगेका हुन्। तर कानुनी रुपमा दल दर्ता गर्न नसक्ने भन्दै आयोग पन्छिएको स्रोतले जनाएको छ।
यता विप्लव नेतृत्वको नेकपा नेताहरु दल दर्तामा सघाउन सत्तारुढ दलका नेताहरुलाई भेटेर सहयोग मागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर विश्वकर्माले दल दर्तामा सघाउन आग्रह गरेका हुन्। यस्तै सरकारमा सहभागी गृह मन्त्री बालकृष्ण खाँड,सञ्चार ज्ञानेन्द्रबहादुर कार्की लगायत मन्त्रीलाई समेत भेटेर सहयोगको याचना गरेका छन्।
यसअघि विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठकले दल दर्ता गरेर निर्वाचनमा नजाने निर्णय गरेको थियो। पार्टीको निर्णय विपरित महासचिव विप्लव र विश्वकर्मा सहित नेताहरु दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा जान लागेका हुन्। उनीहरुले चुनावी तालमेल गर्न नेकपा एमालेसँग सघन रुपमा छलफल चलाइरहेका छन्। यदी दल दर्ता नै गरेर नेकपा चुनावमा गए विभाजन नै हुने निश्चित छ।
यो बीचमा विप्लवको पार्टी दर्ता हुन सक्ला भन्नेबारे नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राजनीतिक सहमति हुन सके दर्ता हुन सक्ने बताए । ‘कानुनी रुपमा अब दल दर्ता गरेर निर्वाचनमा जान सकिँदैन । राजनीतिक निर्णय समझदारी गरेर जान सक्ने हुनसक्छ’, उनले रातोपाटीसँग भने ।
‘त्यसका लागि गठबन्धन सरकारले सहमति गर्ने, त्यही किसिमको समझदारी बनाउने, त्यसका लागि निर्वाचन आयोगलाई निश्चित समय दिएर दर्ता खोल्न सकिन्छ’, उनले थपे । तर, त्यसका लागि कानुनी र राजनीतिक पाटो भने राम्ररी केलाउनु पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
