युभेन्ट्सको पुनरागमन जित
आइतबार, २७ चैत २०७८, ०८ : १४

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २–१ गोल अन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली काग्लियारीले बनाएको थियो । सुरुआती एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको दशौँ मिनेटमा जोआ पेड्रोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा माथिस डी लिक्टले गोल गर्दै युभेन्ट्स बराबरीमा ल्याए । ७५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए । जितसँगै युभेन्ट्सले ३२ खेलमा ६२ अंक जोडेर चौथो स्थानमा छ । पराजित काग्लियारी २५ अंक जोडेर १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता