युभेन्ट्सको पुनरागमन जित
आइतबार, २७ चैत २०७८, ०८ : १४
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २–१ गोल अन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली काग्लियारीले बनाएको थियो । सुरुआती एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको दशौँ मिनेटमा जोआ पेड्रोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा माथिस डी लिक्टले गोल गर्दै युभेन्ट्स बराबरीमा ल्याए । ७५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए । जितसँगै युभेन्ट्सले ३२ खेलमा ६२ अंक जोडेर चौथो स्थानमा छ । पराजित काग्लियारी २५ अंक जोडेर १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण