सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्यो
आइतबार, २७ चैत २०७८, ११ : ५६
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण