जनकपुरधामको मेयरमा एमालेबाट शिवशंकर साह सिफारिस
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि दलीयदेखि निर्दलीयरुपमा उम्मेदवारी घोषणा हुन थालेको छ । सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएको हो ।
एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ । आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए । नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको बताए ।
यस्तै जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मतरुपमा छनोट गरिएको श्यामकिशोर मण्डलले बताए ।
यस्तै शनिबार बलराम महतोले स्वतन्त्ररुपमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । मेयरमै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले समेत तयारी थालेका छन् ।
यता नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनले भने अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण