बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

सोमबार, २८ चैत २०७८, ११ : ०२
सोमबार, २८ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने गुजरात र हैदरावाद बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा गुजरात अपराजित यात्रा कायम गर्ने योजनामा छ ।

लिगमा तीन खेल खेलेको गुजरात ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता हैदरावाद दोस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेल खेलेको हैदरावाद २ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हैदरावाद हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप