सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

सोमबार, २८ चैत २०७८, १३ : ०२
सोमबार, २८ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् । सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको हो ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर आर्थिक वृत्त तरङ्गित छ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसकेपछि गभर्नरलाई निलम्बन गरिएको भन्दै अर्थमन्त्रीविरुद्ध प्रचार भइरहेको छ ।
 
पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप