प्रधानमन्त्री देउवाले भोली मेलम्चीको सुरुङमा पानी पठाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षणका लागि पठाउने भएका छन् । गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो ।
बाढी पहिरोले पु¥याएको क्षतिलाई ३ महिना लगाएर मर्मत गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासुदेव पौड्यालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘हामीले अस्थायी बाँध बाँधेका छौं, भोली सुरुङमा पानी पठाएर परिक्षण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री मेलम्ची जाने कार्यक्रम रहेको छ ।’
प्रधानमन्त्री देउवाले बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम राखिएको छ ।
यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेपछि सरकारले चैत मसान्तसम्म मर्मत गरेर काठमाडौंमा पानी ल्याउने योजना बनाएर काम गरेको थियो । बाढी र पहिरोको कारण आयोजनास्थललाई माथिल्लो भागदेखि आएको ग्रेग्यानले ढाकेको थियो । आयोजना स्थलमा थुप्रिएको ग्रेग्यान हटाउने र अस्थायी बाँध बनाएपछि पुन काठमाडौंका लागि पठाउन लागिएको हो ।
गत वैशाखमा उद्घाटन भएपछि झन्डै २ महिना परिक्षणका रुपमा मेलम्चीबाट काठमाडौंमा पानी ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनोदविक्रम केसीका तीन कविता
-
भारतकाे तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
-
तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा