जाली मुद्दा लाग्दैन भन्न सकिदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर हुन नसक्ने टिप्पणी गरेका हुन् ।
मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए ।
‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’, ओलीको टिप्पणी छ ।
उनले सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको पनि बताए । ‘त्यसकारण अहिले पनि के हुन्छ रु मान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छेन, यो सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुुनुपुर्छ’, ओलीको भनाइ छ ।
उनले शासकहरु हिजोकै अवस्थामा गए नटिक्ने दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण