सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जाली मुद्दा लाग्दैन भन्न सकिदैन : ओली

मङ्गलबार, २९ चैत २०७८, १४ : ४४
मङ्गलबार, २९ चैत २०७८

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका व्यक्त गरेका छन् । जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर हुन नसक्ने टिप्पणी गरेका हुन् ।

मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको समय पहिलेको जस्तो नभएपनि जालझेल र तिक्डम गर्ने यस्तो सरकारबाट सचेत हुनुपर्ने बताए । 
‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’, ओलीको टिप्पणी छ । 

उनले सरकार आफै समयमा चुनाव गरेर लोकतन्त्र जोगाउने भन्दा चुनाव नगरेर षड्यन्त्र गर्नतर्फ लागिरहेको पनि बताए । ‘त्यसकारण अहिले पनि के हुन्छ रु मान्छेलाई जाली मुद्धा लाग्दैन, फसाइँदैन भन्न सक्ने अवस्था छेन, यो सरकार यस्तै हो । तर हामी त्यसमा सजग हुुनुपुर्छ’, ओलीको भनाइ छ । 
उनले शासकहरु हिजोकै अवस्थामा गए नटिक्ने दावी पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप