कठैबरा नेपाली काँग्रेस ? कति मायालाग्दो छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माकुने गुट काँग्रेसको झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माओवादी केन्द्र र माकुने गुट काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका हुन् । ‘माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन्’, ओलीले भने,‘यस्ताहरू एमाले सिध्याउन हिडेँका ?’
उनले काँग्रेस नीतिहिन र विचारहिन पार्टी भएको पनि बताए । उनले काँग्रेसले १५ दिनसम्म गरेको महाधिवेशनमा कुनै विचार आउन नसकेको बताए । कुनै राजनीति, जननीति र विकासको बारेमा चर्चा नगर्ने काँग्रेसको महाधिवेशनमा सत्ता जोगाउने विषयमा मात्रै चर्चा भएको भन्दै भने, ‘कठैबरी काँग्रेस ? कति मायालाग्दो छ ।’ उनले माओवादी केन्द्रको महाधिवेशनबारे पनि चर्चा गरे ।
‘माओवादीको महाधिवेशन चालु नै छ पदाधिकारी छान्न सकेन, प्रचण्ड साँझ छ । ढाँटछलको प्रस्ताव पेश भयो त्यति हो ।’ उनले एमालेमा प्रवेश गर्न लागेका मानिसहरुलाई गठबन्धनले थुनेर राखेको भन्दै एक जनालाई थुनेपनि हजारौ एमालेमा आइरहेको बताए । एमालेमात्रै विकास र सम्बृद्धिको पक्षपाती भएको भन्दै वर्तमान सरकारले गर्छु भनेपनि केही गर्न नसक्ने बताए । उनले हुतिहारा सरकार भन्दै ४० करोड काण्ड मच्चाएको बताए । उनले सोही ४० करोडको सुचना गभर्नरले चुहाउँछ भनेर कारवाही गरिएको दावी गरे । ‘यो सरकार भ्रष्ट सरकार, पैसा छैन, विकास छैन । भरसक स्थानीय तहलाई पंगु बनाउने प्रयास छ । यिनीहरु पाँच दल भनेका एउटै हुन्’, ओलीको भनाई छ । उनले माओवादी र माधव नेपालको पार्टी पुच्छर भएपनि काँग्रेस नै भएको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७९ मा पाँच दलीय भ्रष्ट सरकार हटेर जावस् भनेर शुभकामना पनि दिए । ‘नयाँ बर्ष २०७९ ले देशको अहित चाहने तत्वहरु, व्यक्तिहरु, विदेशीको हित गर्ने, अरुको इशारामा चल्ने, भ्रष्ट सरकारजस्ता कुराहरूले मुक्ति पावस्’, ओलीले भने, ‘लोकतन्त्रको अभ्यास गर्ने, शुसानका लागि काम गर्ने, भ्रष्टाचार विरोधी सरकार बन्न सकोस् । त्यो सरकार भनेको अरु कोही हुनै सक्दैन । त्यस्तो सरकार भनेको नेकपा एमालेको सरकार हो, एमालेको अत्याधिक बहुमतको सरकार बनोस्, त्यो स्थानीय तहबाट सुरु होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
