ठाडोभाका खुला प्रतियोगितामा देउकुमारी र अमरध्वजको टोली प्रथम
लमजुङमा चैतेदसै+काे अवसरमा ठाडोभाका खुला प्रतियोगिता आयाेजना भएकाे छ । राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दूधपोखरी गाउँपालिका-४ की देउकुमारी गुरुङ महिला टोली र मध्यनेपाल नगरपालिका-१० थान्सिङका ६७ वर्षीय अमरध्वज गुरुङको पुरुष टोलीले प्रथम पुरस्कार पाएकाे छ ।
अमरध्वज गुरुङ ठाडोभाकाको पहिलो एल्बमनिकाल्ने व्यक्ति हुन् । लामो समय भारतीय सेनामा कार्यरत रहेका उनीनिवृत्त जीवनपछि फेरि लोकसंस्कृतिको उत्थानमा सक्रिय भएका छन् ।
प्रतियोगितामा लमजुङकै राइनास नगरपालिका-१० प्यारजुङका किसबहादुर गुरुङको पुरुष टोली र दूधपोखरी गाउँपालिका-४ को भुन्टीमाया तामाङको टोली दोस्रो भएको निर्णायक समितिका संयोजक एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य सीता दुराले बताए । उनका अनुसार दोर्दी गाउँपालिकाकी ६८ वर्षीया जालुमाया गुरुङ र सुन्दरबजार नगरपालिका-८ भेटेओडारका धनबहादुर गुरुङको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा दूधपोखरी गाउँपालिका-३ सानोकाभ्रेका हरिबहादुर गुरुङको पुरुष टिम र सुन्दरबजार नगरपालिका-९ पैरेकी मीनाकुमारी गुरुङको महिला टोलीले सान्त्वना स्थान हासिल गर्न सफल भइन् । दुई दिनसम्म चलेको प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण