शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दिया बनिन् मिस उर्लाबारी

बुधबार, ३० चैत २०७८, १२ : ०१
बुधबार, ३० चैत २०७८

‘मिस उर्लाबारी २०२२’ को उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् । होटल ग्रान्डमा आयोजित अन्तिम स्पर्धामा उनले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी छन् । त्यस्तै ज्वाला लिम्बू फस्ट रनर अप र अंकिता कटुवाल सेकेन्ड रनरअप भए । दुबैले क्रमशः नगद ३०, २० हजार प्राप्त गरे ।

१७ युवतीहरूले प्रतिस्पर्धा रहेको प्रतियोगिताको कोरियोग्राफी सविना पोदार र निर्णायकमा चलचित्र निर्देशक भीषण राई र स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुषा बस्नेत, मिस लिम्बु २०१७  कि फष्ट रनर अप सन्ध्या तुम्बाहम्फे लगायत रहेका थिए ।

स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले मिस उर्लाबारी आयोजना गरिएको आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप