सलोनले खोले लाउन्च एण्ड बार
बुधबार, ३० चैत २०७८, १४ : ५९
पछिल्लो समय थुप्रै कलाकार रेष्टुरेन्ट व्यवसायमा आवद्ध छन् । यो भिडमा अभिनेता सलोन बस्नेत पनि थपिएका छन् ।
बस्नेतले नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । करिब १ करोडभन्दा बढी लगानीमा लाउन्च सञ्चालनमा ल्याएको बस्नेतले बताए । बस्नेतलाई उक्त व्यवसायमा साथी रविन कँडेलले सघाएका छन् ।
हरेक दिन लाइभ म्यूजिक प्रस्तुति हुने लाउन्चमा ‘सफिक हप ब्यान्ड’ले गीत गाउने छ । लाउन्चमा इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायत सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।
‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण