गठबन्धनलाई एमालेले एक्लैले हराउँछ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दावी गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौति दिए ।
बुधबार सुनसरीको इनरुवामा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै उनले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गरे । उनले भने, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ।’
ओलीले आफ्नी छोरी रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको आरोप समेत लगाए । पाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई विचराहरु भन्दै उनले अलपत्र अवस्थामा रहेको पनि बताए । ओलीले सत्तारुढ गठबन्धन खिइँदै गएको उल्लेख गर्दै नडगराई चुनावी मैदानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका जसपा नेता महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण