पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने
फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।
तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय दुई क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र वैमनस्यता कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो ।
पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमासमेत प्रभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृहमन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टा अघि रोक लगाएको हो ।
सन् २०१८ यता दुई क्लबबीचको प्रतिस्पर्धामा एक अर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्षस्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । दुइ क्लबबीच १२ अंकको दूरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण