ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।
उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’ एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको उल्लेख गर्दै उनले एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।
उनले भने,‘काम गर्न नसकेर सरकारबाट हटेको होइन, जालझेलबाट हटाइएको हो । देश विकास गर्न एमाले चाहिन्छ । वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले सबै चुनाव एमालेलाई जिताउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण