गुल्मीको इस्मामा प्रमुख–उपप्रमुख दुवैमा काँग्रेस
नेपाली काँग्रेस गुल्मीले इस्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा आफ्ना पार्टी उम्मेदवार खडा गर्ने भएको छ । सत्ता गठबन्धन दलको उपस्थिति इस्मामा पातलो भएका कारण दुवै पदमा काँग्रेसबाटै सर्वसम्मत उम्मेदवार छनौट गरिएको नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी सचिव तथा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले जानकारी दिएका हुन् ।
नेपाली काँग्रेस इस्मा गाउँपालिकाको बैठकले खड्कालाई पालिका प्रमुख र पालिकाकी उपसभापति पार्वती कुँवरलाई उपप्रमुख उम्मेदवार सर्वसम्मत चयन गरिएको काँग्रेसले जनाएको छ । २०६१ सालमा नेवि संघबाट विद्यार्थी राजनीति यात्रा सुरु गरेका खड्का रेसुङ्गा बहुमुखी क्याम्पसको नेवि संघ इकाई सदस्य, सोही सङ्गठनको जिल्ला सचिव हुँदै काँग्रेस क्षेत्रीय सदस्य , क्षेत्रीय सह सचिव , क्षेत्रीय सभापति हुँदै हाल नेपाली काँग्रेस जिल्ला पार्टीको सचिव हुन् ।
उपप्रमुखकी उम्मेदवार कुँवर पेशाले अधिवक्ता हुन । इस्मा गाउँपालिका एमाले नेता तथा पूर्वमन्त्री गोकर्णराज विष्ट क्षेत्र पर्छ । गएको स्थानीय तह निर्वाचनमा नेता विष्टका दाजु लक्ष्मण विष्टले काँग्रेस भन्दा १ हजार ५५ मतको अग्रता लिएर विजयी भएका थिए । त्यति बेला एमालेले ५०५५ मत ल्याएका थिए भने काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत ल्याएका थिए । तेस्रो शक्तिका रूपमा माओवादी केन्द्रका दुर्गाचन्द्र बोहराले ५६९ मत ल्याएका थिए । नेकपा एमालेले पनि त्यस पालिकामा आन्तरिक रूपमा प्रमुख उपप्रमुख पदको उम्मेदवार सिफारिस गरेर प्रदेशमा पठाए पनि नाम सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण