शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा नयाँ जातका स्याउ परीक्षण

बुधबार, ०७ वैशाख २०७९, १४ : १६
बुधबार, ०७ वैशाख २०७९

स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ ।  

यही मध्य डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो । ठूलीभेरी नगरपालिका–७  बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु गरेको हो । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पति बुढाले बताए । 

लगाएका स्याउका बिरुवामध्ये केही एकै वर्षमा फलिसकेको र केही फल्ने क्रममा रहेको उनले बताए । सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ ९ फुजी, गोल्डेन लगायत० को सम्भाव्यता अध्ययन थालेको प्रमुख बुढाले बताए ।

स्याउ राख्न जिल्लामा चिस्यान केन्द्र नभएकाले उच्च घनत्वको स्याउलाई विकल्पका रुपमा खोजिएको उनले बताए । यस्तै केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० बिरुवा केन्द्रमै तयार भइरहेको छ  । 

परीक्षणमा रहेका स्याउको जातहरुले उचित स्याद दिए विस्तार गरिनेछ । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब चार सय हेक्टरमा स्याउ लगाएको केन्द्रले जनाएको छ । 

स्थानीय जातका स्याउहरू डोल्पाका मध्य तथा तल्लो डोल्पामा लगाइदै आइएको छ । सडक सञ्जाल जोडिए पनि विद्युत आपूर्तिमा समस्या भएको डोल्पामा उत्पादित बस्तु बजारसम्म पुर्याउन नसक्नु सबै भन्दा चुनौती हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप