डोल्पामा नयाँ जातका स्याउ परीक्षण
स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ ।
यही मध्य डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो । ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु गरेको हो । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पति बुढाले बताए ।
लगाएका स्याउका बिरुवामध्ये केही एकै वर्षमा फलिसकेको र केही फल्ने क्रममा रहेको उनले बताए । सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ ९ फुजी, गोल्डेन लगायत० को सम्भाव्यता अध्ययन थालेको प्रमुख बुढाले बताए ।
स्याउ राख्न जिल्लामा चिस्यान केन्द्र नभएकाले उच्च घनत्वको स्याउलाई विकल्पका रुपमा खोजिएको उनले बताए । यस्तै केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० बिरुवा केन्द्रमै तयार भइरहेको छ ।
परीक्षणमा रहेका स्याउको जातहरुले उचित स्याद दिए विस्तार गरिनेछ । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब चार सय हेक्टरमा स्याउ लगाएको केन्द्रले जनाएको छ ।
स्थानीय जातका स्याउहरू डोल्पाका मध्य तथा तल्लो डोल्पामा लगाइदै आइएको छ । सडक सञ्जाल जोडिए पनि विद्युत आपूर्तिमा समस्या भएको डोल्पामा उत्पादित बस्तु बजारसम्म पुर्याउन नसक्नु सबै भन्दा चुनौती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण