जनकपुरधामको प्रमुख र उपप्रमुखमा काँग्रेसले गर्यो उम्मेदवारको सिफारिस
बुधबार, ०७ वैशाख २०७९, १९ : ४२
गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपा नेपालको भाग परेपनि नेपाली काँग्रेसको नगर समितिले नगरप्रमुख र उपप्रमुख पदमा ३ जनाको नाम सिफारिश गरेको छ । बुधबार बसेको काँग्रेस नगर समितिको बैठकबाट नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिश गरेको हो ।
काँग्रेस जनकपुरधाम नगर कार्यसमितिले नगरप्रमुख पदमा मनोजकुमार साह, किशोरी साह र राकेश बिक्रम साहको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुख पदमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरे को नाम सिफारिस गरिएको छ । यता जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको विषयको विरोध गर्ने बैठकबाट निर्णय गरेको नगर सभापति मनोजकुमार साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण