शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार, ०८ वैशाख २०७९, १२ : २५
बिहीबार, ०८ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनको लागि बिहीबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
स्थानीय तहको निर्वाचनका लागि देशभर एकैसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा पनि कार्यालय स्थापना गरिएको हो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश तथा मुख्य  निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

त्यस्तै आज नै जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्ति पत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
हेटौंडामा कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनताको अधिकार र लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन महत्वपूर्ण रहेको बताए । उनले मतदातालाई भयरहित वातावरणमा निर्वाचन सहभागि गराएर स्थानीय शासन प्रणालीमा उनीहरुको सहभागिता बढाउनु नै लोकतन्त्रको मर्म हो । मतदाताले जति भयरहित वातावरणमा निर्वाचनमा सहभागि हुने अवसर प्राप्त गर्छन त्यति नै असल समाजको निर्माणमा सफलता हात मिल्ने उनले वताए ।
निर्वाचनमा मतदातालाई दवावमा राख्ने, प्रभावित पार्ने र लोभलालच देखाउने काम गरियो भने समाज पनि खराख बन्ने उनको भनाइ छ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार बनेर निर्वाचनलाई सफल र भयरहित बनाउन भूमिका खेल्नु पर्ने उनले बताए ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा राजनीतिक दल, तिनका कार्यकर्ता, मतदाता, संचारकर्मी र निर्वाचनमा खटिएका कर्मचारीहरुले जिम्मेवार बनेर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आगामी निर्वाचनलाई सफल बनाउन जिल्लाको सुरक्षा स्थितीलाई चुस्तदुरुस्त राख्न विषेश योजनाहरु लागु गरिने बताए ।

जिल्लाको सुरक्षा संयन्त्रको बैठकले निर्वाचन विशेष सुरक्षा योजना तर्जुमा गरिसकेको र त्यसलाई आवश्यकता अनुसार कार्यान्वयनको चरणमा लगिने बताए । उनले निर्वाचनलाई भयरहित बनाउन ४ तहको सुरक्षा संयन्त्र र १ हजार ४७१ जना म्यादी प्रहरीको परिचालन गरिने उनले बताए । जिल्लाका १९ वटा मतदान स्थल अति संवेदनशिल अवस्थाका रहेकाले त्यहाँ सोहि अनुसार विशेष प्रकारको सुरक्षा योजना र अनुभवी कर्मचारीको व्यवस्था गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप