सौगात र दीयाको ‘मन्त्र’ सेन्सर पास
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भुमिका रहेको फिल्मल ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति मिलेको छ ।
खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म हिमाली भेगको प्रेमकथामा बनेको हो । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको समेत शीर्ष भुमिका छ ।

परिक्षेद सेनको कथा रहेको फिल्म साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ । ‘मन्त्र’ मौलिक नेपाली फिल्म बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिमले विश्वास ब्यक्त गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण