शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उप–महानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

शनिबार, १० वैशाख २०७९, २० : १६
शनिबार, १० वैशाख २०७९

बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले  नगर अध्यक्ष किसन ज्ञवाली बताए ।

एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने  योजना बनाएका छन् । यसअघि एमाले जितेको बुटवलमा अहिले गठबन्धन दलहरू एकातरि भएपछि पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप