नेकपा (एस) र एनेकपाबीच एकता हुने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकता सभा गरिनेछ । नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण